जन्मभुमि खबर ,
पोखरा ।
पोखराको गण्डकी एकेडेमी विद्यालयमा गणित शिक्षक विपिन कार्कीले कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेका छन् ।
शौचालय जान अनुरोध गर्दा शिक्षक कार्कीले हातले विद्यार्थीको पछाडिको कम्मर माथिको भाग सहित पाखुरामा समेत मुक्का प्रहार गर्दा शरीरमा निलडाम भएको पीडित परिवारले जनाएको छ ।
निर्घात पिटेको पीडित बालकले बताएका छन् । विद्यालयले कार्कीलाई बर्खास्त गरेपछि घटना सार्वजनिक भएको हो। यद्यपि घटना फागुन ६ गतेकाे हाे ।
प्रहरीले मौखिक उजुरीकै आधारमा शिक्षक कार्कीलाई पक्राउ गरे पनि लिखित उजुरी नपरेपछि भोलिपल्ट छाडिएको कास्की बैदामका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।