जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बिद्यार्थीले काली भनेर जिस्काउदा शिक्षिकाले तातो पन्युले डामिदिन गाला

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको भिमाद नगरपालिका ६ स्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोडिङ स्कुलकी एक शिक्षिकाले विद्यार्थीलाई तातो पन्युले डामेकी छन् ।

प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठको छोरी बिद्यालयमा कार्यरत लेखापाल सुष्मा श्रेष्ठले बच्चाहरुले हल्ला गरेको र त्यही बिचमा एकजना बच्चाले काली भन्दिएको निहुँमा पन्यू तताएर डामेकी हुन् । यस बिषयले अहिले सामाजिक संञ्जालमा प्राथामिकता पाइरहेको छ । पन्यूको डामबाट एक बालकको गाला बढी कालो दाग र तीन बालकको गालामा सामान्य रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ ।

श्रेष्ठले आफ्नो गल्ती स्वीकारेकी तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भैरहेको उनले बताए ।

कक्षा ४ मा पढ्ने बर्ष १० प्रमिस परियार लगायत ४ जनालाई मिसले पनियो तताएर डामेको घाइते वालककी आमा विष्णु परियारले जानकारी दिइन । छोरालाइ त्यस्तो भएको थाहा पाएपछि अर्का बालक बेवीसको ममी बसन्ती र आफु विद्यालयमा पुगेको उनले बताए । अहिले बच्चालाई नदुख्ने औषधी खुवाउने तथा मलम लगाएर राखिएको छ । प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठले घट्ना भएको स्वीकार गरेका छ्न । मेरो आफ्नै छोरी हुन्,उनले भने घट्ना अप्रत्यासित रुपमा हुन पुग्यो,गर्न नहुने काम गरिन् । घाइते बालकहरुको उपचारको लागि पनि पहलकदमी भइरहेको उनले बताए ।