जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हावाहुरीले नाम्चे बजारमा घरको छाना उडायो

जन्मभुमि खबर ,

पोखरा ।

सोलुखुम्बुको  खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चे बजारमा हावाहुरीले घरकाे छाना उडाएको छ । बिहीबार हावाहुरी चल्दा स्थानीय ६ जनाको घरको छाना उडाएको हो ।

हावाहुरीले स्थानीय पासाङल्हामु शेर्पा, काजी शेर्पा, नुरु शेर्पा, दोर्जे शेर्पा, आङनुरु शेर्पा र सोनामा दावा शेर्पाका घरको छाना उडाएको प्रहरीले जनाएको छ । सो घटनामा  नुरु शेर्पा, दोर्जे शेर्पा र आङनुरु शेर्पाको को ५०० वाटको सोलार प्यानलमा क्षति पुगेको जनाइएको छ ।

त्यस्तै सोनाम दावा शेर्पाको २०० वाटको सोलार प्यानल र काजी र पासाङ ल्हामु शेर्पाको टिनको छाना भएका घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।