जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हिरासतभित्र रहेका रविको फोटो सार्वजनिक गर्नेमाथि कारवाही गर्न गृहमन्त्रीको निर्देशन

जन्मभुमि खबर ,

पोखरा ।

हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । तस्विर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारवाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्विर सार्वजनिक भएपछि हिरासतभित्रको तस्विर कसरी बाहिर आयो भन्ने प्रश्न शुरु भएको थियो । गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग समेत चासो राखेका थिए । गृहमन्त्रीले भने, ‘यो घटनाबारे आवश्यक अनुसन्धान गरी कारवाही गर्न निर्देशन दिइसकेको छु ।’

रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु , निकोलस भुसाल