जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछाने राज्यव्यवस्था समितिबाट पनि निलम्बित

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् ।

मंगलबार बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले उनी समिति सदस्य नरहेको घोषणा गरेका थिए ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगि र संगठित अपराधको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि सोमबार संघीय संसद् सचिवालयले पनि प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो ।

रास्वपाले भने निलम्बनको विरुद्ध अदालतमा जाने चेतावनी दिएको छ ।