जन्मभुमि खबर ,
पोखरा ।
पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन गरी ठगी गरेको आरोपमा संलग्न फरार एक जना पक्राउ परेका छन् ।
स्याङ्जा हरिनाश–३ स्थायी घर भएका पोखरा–८ आलुमाइलाचोक बस्दै आएका २७ वर्षीय नविन भण्डारीलाई पोखरा–९ पृथ्वीचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
भण्डारी सोही सहकारीको उपसमिति सदस्य तथा लोन अधिकृत समेत रहेको प्रहरीले जनाएको छ ।
उनलाई मंगलबार कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराइएको डीएसपी शर्माले बताए ।