जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा गएराति स्कारपियोको गाडीले ठक्कर दिंदा स्कुटर चालक युवतीको मृत्यु भएको छ । पोखराको न्युरोडमा बा.१३च २५७५ स्कारपियो जिपले ग१८प ४९११ नम्बरलाई ठक्कर दिंदा स्कुटर चालक युवतीको निधन भएको हो ।
मृत्यु हुनेमा कास्की जिल्लाको रुपा गाउपालिका वडा नम्बर ४ माउडांडा निवासी २० वर्षीया प्रतिक्षा सिंह रहेको प्रहरीले जानकारी दिएको छ। उक्त स्कुटरको पछाडी बस्ने सोहि गाउपालिकाको देउराली बस्ने १९ अस्मिता बसौला घाइते भएकी छिन ।
स्कर्पियो चालक पुतलीबजार नगरपालिका वडा नम्बर ४ निवासी भविन्द्र गौतमलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अत्यधिक तीब्र गतिमा रहेको उक्त स्कारपियोले गलत तरीकाले रोड क्रस गर्न खोज्दै गरेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।