जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हास्यकलाकार अपुर्वक्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्ने

हास्यकलाकार अपुर्वक्षितिज सिंहलाई थप पाँच दिन थुनामा राख्न म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामा राख्न म्याद थप गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।

नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्‍याएको आरोपमा सिंहलाई प्रहरीले पक्राउ गरिएको थियो। केही साताअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सिंहको आलोचना भएको थियो। उक्त कमेडीको विरोध गर्दै नेवा समुदायका अभियन्ताहरुले कारबाहीको माग गर्दै प्रहरी परिसरमा जाहेरी दिएका थिए।