जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मुल्य

सुनको मुल्य तोलामै १ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन ९४ हजार, तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदी पनि तोलामा १५ रुपैयाँ सस्तो भएको छ। आज चाँदी १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।