जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा मंगलबार स्कुल बस र तीन जना सवार मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–१० रामबजारबाट पावरहाउसतर्फ आउँदै गरेको ग१क ६५१० नम्बरको न्यू लाइट बोर्डिङ स्कुलको बस र विपरीत दिशाबाट जाँदै गरेको ग८प ५१६८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १८ वर्षीय रिदम ढकाल र १९ वर्षीय सुक्रिम परियार घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमै उपचार भइरहेको र अवस्था मध्यम छ।
दुर्घटनापछि दुवै सवारीसाधन र बस चालक ४७ वर्षीय शेरबहादुर गुरुङलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।