जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु ,

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ सिमपानी निवासी ३७ वर्षीया सरिता तामाङ रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार साँझ पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा बाटो काट्दै गरेकी तामाङलाई ग२०प ५९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।