जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा कुश्माका २ युवाको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् । कुश्मा नगरपालिका–९, एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग१त ७२७३ नम्बरको ट्याक्टर शनिबार (साउन २) दिउँसो करिब १४ः३० बजे अनियन्त्रित भई सडकबाट झन्डै १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी ट्याक्टरका चालक कुश्मा–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा–९ का १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उनीहरू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा प्रदेश अस्पताल कुश्मामा मृत्यु भएको हो ।

दुर्घटनाका घाइते स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–१७, बिरौटामा बस्दै आएका २२ वर्षीय उदय सापकोटाको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।