जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जापानमा कारको ठक्करबाट पोखराकी युवतीको मृत्यु

जन्मभुमि खबर ,

पोखरा ।

जापानको टोकियोमा भएको सडक दुर्घटनामा परेर पोखराकी एक युवतीको मृत्यु भएको छ ।

जापानको राजधानी टोकियोस्थित काचुशिका सिटीको कामेअरीको सडकको जेब्राक्रस पार गर्ने क्रममा डिसेम्बर २८ को राति १०:२५ बजे तीब्र गतिमा आएको कारले ठक्कर दिंदा पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेकी प्रीति सुनारको मृत्यु भएको हो ।

कार जापानकै नागरिकले चलाएका थिए ।

कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले दिएको जानकारी अनुसार , सुनार अध्ययनको लागि २०२३ को जुलाईमा जापान पुगेकी थिइन् र उनी टोकियोको तातसु कलेज अफ टेक्नोलोजीमा अध्ययनरत थिइन् 

कामेअरी प्रहरीलाई उद्धृत गर्दै दिइएको जानकारीअनुसार, हाल मृतकको पार्थिव शरीर अस्पतालमा राखिएको छ। जापानमा नयाँ वर्षको लामो बिदा (New Year Holidays) चलिरहेको कारण कानुनी र प्रशासनिक प्रक्रिया अगाडि बढाउन केही ढिलाइ हुने प्रहरीले जनाएको छ।

यसैबीच सुनारको शब नेपालमा ल्याउन आबश्यक पहल गरिदिन आफन्तले अनुरोध गरेको कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले जानकारी दिए ।

नेपालबाट मृतक सुनारकी परिवारले जापानबाट पार्थिव शरीर नेपाल ल्याउन साथ, सहयोग गर्न अपील गर्नुभएको छ।