जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा शुक्रबारदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ ।
पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान ६:३० बजेदेखि १०:०० बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको छ ।
उक्त मर्मत कार्य गर्न ४ दिन लाग्ने छ ।
पुस १८ देखि २१ गतेसम्म चल्ने मर्मत सकिएपछि बिजुलीको नियमित आपूर्ति हुने पनि यादवले बताए ।
