जन्मभुमि खबर ,
पोखरा ।
जापानको टोकियोमा भएको सडक दुर्घटनामा परेर पोखराकी एक युवतीको मृत्यु भएको छ ।
जापानको राजधानी टोकियोस्थित काचुशिका सिटीको कामेअरीको सडकको जेब्राक्रस पार गर्ने क्रममा डिसेम्बर २८ को राति १०:२५ बजे तीब्र गतिमा आएको कारले ठक्कर दिंदा पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथेकी प्रीति सुनारको मृत्यु भएको हो ।
कार जापानकै नागरिकले चलाएका थिए ।
कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले दिएको जानकारी अनुसार , सुनार अध्ययनको लागि २०२३ को जुलाईमा जापान पुगेकी थिइन् र उनी टोकियोको तातसु कलेज अफ टेक्नोलोजीमा अध्ययनरत थिइन् ।
कामेअरी प्रहरीलाई उद्धृत गर्दै दिइएको जानकारीअनुसार, हाल मृतकको पार्थिव शरीर अस्पतालमा राखिएको छ। जापानमा नयाँ वर्षको लामो बिदा (New Year Holidays) चलिरहेको कारण कानुनी र प्रशासनिक प्रक्रिया अगाडि बढाउन केही ढिलाइ हुने प्रहरीले जनाएको छ।
यसैबीच सुनारको शब नेपालमा ल्याउन आबश्यक पहल गरिदिन आफन्तले अनुरोध गरेको कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाले जानकारी दिए ।
नेपालबाट मृतक सुनारकी परिवारले जापानबाट पार्थिव शरीर नेपाल ल्याउन साथ, सहयोग गर्न अपील गर्नुभएको छ।