जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

म्यादीमा जिपले ठक्कर दिदा ३ वर्षीय बालकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

म्यादीमा जिपले ठक्कर दिदा ३ वर्षीय बालकको मृत्यु भएको छ ।

म्याग्दीको बेनी नगरपालिका-८ पुरानो रोडस्थित सडकमा मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बीएए २६३४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका-७ बस्ने कमल सुनारको छोरा ३ वर्षीय रियास सुनारको शनिबार राति मृत्यु भएको   छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल म्याग्दी बेनीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।