जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन हालसम्मकै उच्च मुल्य दुई लाख १२ हजारमा कारोबार

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली बजारमा आज (आइबार) सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । सुन दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन दुई लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुन प्रतितोला १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला दश रूपैयाँ बढेर दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार चाँदी दुई हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।