जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एनआरएनए फ्रान्सको अध्यक्षमा मिन श्रेष्ठ

नारायण भट्टराई ,
फ्रान्स ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको एघारौ अधिबेशनले अध्यक्षमा मिन श्रेष्ठ लाई निर्वाचित गरेको छ ।

जुलाई १३ मा सम्पन्न परिषद्को एघारौं महाधिबेशन र निर्वाचनले श्रेष्ठ को अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । २०१३ -२०१५ एक कार्यकाल सह-कोषाध्यक्ष १५-१७ र १७-१९ दुई कार्यकाल कोषाध्यक्ष र २०१९-२०२१ एक कार्यकाल महासचिव रहेर परिषद्मा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठ अध्यक्षतामा एघारौं महाधिवेशन बाट सर्वसम्मतिले निर्वाचित ११ नयाँ कार्यसमितिको चयन भएको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष-लाल बहादुर सोडारी चन्द ,महिला उपाध्यक्ष- निर्मला शाही,महासचिव- राजु बस्नेत खप्तडी कोषाध्यक्ष-निरज सोडारी चन्द ,महिला प्रतिनिधि-यामकला पौडेल,युवा प्रतिनिधि मान बहादुर बि. सदस्यहरुमा सन्दिपा गुरुङ ,सदस्य-रम्बा तामाङ , प्रकाश तामाङ , कृष्ण महर्जन चयन भएका छन ।

त्यस्तै संघको आई. सि. सि सदस्यमा- लोक बहादुर पुन
आइसीसी पर्यवेक्षकको रुपमा आउनुभएको केन्द्रीय प्रतिनिधी गैर आवासीय नेपाली संघ युरोप महिला संयोजक प्रसुना कडेल हुनुहुन्थ्यो र नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

लोक बहादुर पुन को अध्यक्षतामा सम्पन्न उक्त महाधिवेशन कार्यक्रमको संचालन लाल बहादुर सौडारी ले गरेका थिए । अन्त्यमा नब निर्वाचित अध्यक्ष श्रेष्ठ ले यस बिशम परिस्थितिमा सबैलाई समेटेर अगाड़ी बढ़नुको साथै सम्पूर्ण संघ सस्था हरू संग सहकार्य गर्दै फ्रान्समा रहेको नेपालीहरुमा परेको दुख -सुख मा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसै गरी उनले छिटै कार्यसमिति को बैठक बसेर २ बर्षे कार्य योजना सार्वजनिक गर्ने पनि व्यक्त गरेका थिए ।