जन्मभुमि खबर ,
पोखरा ।
यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेको छ ।
प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द गरिएको जनाइएको छ ।
विभागले आइतबार सूचना जारी गर्दै यस्तो सेवा बन्द गरिएको जानकारी गराएको छ ।
विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।
यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ ।
