जन्मभुमि खबर ,
पोखरा ।
राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । बस्नेतलाई सुकेधाराबाट पक्राउ गरिएकाे प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
बस्नेतविरुद्ध प्रहरीले पहिल्यै पक्राउ अनुमति लिइसकेको थियो । पक्राउका लागि प्रहरीले अदालतबाट अनुमति लिए पनि उनी फरार रहँदै आएका थिए ।
त्यसरी अनुमति लिएकामध्य अझै केही फरार छन् । उनीहरु पनि खाेजीको सूचीमा रहेका एसपी बोहराले बताए ।
तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो भने सयाैँ घायते भएका थिए । यस्तै सरकारी तथा निजी सम्पत्तिमा पनि तोडफोड र आगजनी भएको थियो ।
घटनामा संलग्नहरुलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अहिले ५३ जना हिरासतमा भए पनि हाजिरी जमानीमा रिहा भएकालाई पनि मुद्दा चलाउने प्रहरीले जनाएको छ ।