बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता भएका लालबहादुरको शव फेला
जन्मभुमि खबर ,
पोखरा ।
पोखराको बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता भएको ३८ वर्षीय लालबहादुर गुरुङको शव फेला परेको छ ।
शुक्रबार अपरान्ह साढे ४ बजे तालको माझीकुना नजिकै उनको डंगा पल्टिएको पोखरा महानगरपालिका ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए ।
उनका अनुसार सानो डुुंगामा सवार गरेका गुरुङ डुुंगा पल्टिँदा तालमा डुबेका हुन ।