जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको बेगनासतालमा डुंगा डुुब्दा श्रीमान बेपत्ता , श्रीमतीको उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको बेगनासतालमा डुंगा डुुब्दा एक जना बेपत्ता भएका छन् ।

डुंगा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् । दुघटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेपछि गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताए । ‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनासताल घुम्न जानुभएको उहाँहरुको ढुंगा एक्कासी पल्टिएको स्थानीयहरुले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भने ।