सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतको अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।
मंगलबार साँझ नुवाकोटकी नाबालिकालाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउको अनुमति मागेको हो ।
प्रहरीले मागेको पक्राउ अनुमति जिल्ला अदालत काठमाडौंले बुधबार जारी गरेको हो ।
सन्दीपमाथि ती पीडित नाबालिकालाई गौशालाको काठमाडौं होटल इनमा लगेर ५ भदौमा बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ ।
हाल लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका छन् ।