जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप २२७ जनामा कोरोना संक्रमण पुष्टि , एकजनाको मृत्यु

नेपालमा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।