पोखरा विमानस्थलमा चराचुरुङ्गी नियन्त्रण गर्न माग
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सम्बन्धमा निजी वायु सेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आओन) ले आपत्ति जनाएको छ । संघले विमानस्थलको भौतिक प्रगतिसँगै प्राविधिक तयारी पुरा नगरी सम्भावित दुर्घटनालाई समेत नजर अन्दाज गरी विमानस्थल सञ्चालनको मिति घोषणा गरेको भन्दै संघले आपत्ति जनाएको हो ।

संघले विमानस्थल सञ्चालनका लागि पहिला ल्याण्डफिल साइट सानुपर्ने बताउँदै विमानस्थल वरपर बसोबास गर्ने ठूला चरा गिद्धदेखि साना चराचुरुङ्गीहरूको नियन्त्रण गर्नुपर्ने बताएको छ । यस्तै, विमानस्थलमा हालसम्म हेलिकप्टर पार्किङ स्थलको व्यवस्था नभएकोमा सोको प्रबन्ध हुनुपर्ने, हवाई इन्धनको आवश्यक व्यवस्था हुनुपर्ने, इक्युपमेन्ट र्याडको व्यवस्था हुनुपर्ने, विमानस्थलको दुबै ‘रन वे’को अन्तसम्म समानान्तर ‘ट्याक्सी वे’ को व्यवस्था हुनुपर्नाका साथसाथै संघले विमानस्थलमा नाइट स्टप वा बेस स्टेशनमा बस्ने जहाज तथा हेलिकप्टरहरुको प्राविधिक टोली बस्नका लागि लाइन मेन्टेनेन्स अफिस कोठा समेतको व्यवस्था गरिदिनुपर्ने माग गरेको छ ।