जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्यो सुन चाँदीको मुल्य

नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

यससँगै छापावाल सुनको भाउ ९३ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ३ सय रुपैयाँमा पुगेको छ।

चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११३५ रुपैयाँमा कारोबार भइरहेको छ।