जन्मभुमि खबर ,
पोखरा ।
नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ ।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते लेकसाइडको गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट समूहलाई रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहित ‘देउसीभैलो च्याम्पियन’ घोषणा गरिने आयोजकले जनाएको छ ।