जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दी स्तूप जाने बाटोमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सोही ठाउँमा ३० वर्षीय सुरेश लामिछानेको मृत्यु भएको छ । शनिबार (कात्तिक २१) राति दुर्घटना भए पनि यसबारे आइतबार (कात्तिक २२) बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।
उनको शव सडकको नालीमा भेटिएको थियो । मोटरसाइकल सडकबाट केही तल थियो । स्थानीयले दुर्घटना नभई अरू घटना हुन सक्ने भन्दै छानबिनको माग गरेका छन् ।