जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

गुल्मीमा स्कारपियो हुँदा ६ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन् ।

कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा सोमबार दिउँसो ४ बजेतिर स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट २५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा निता बगाले, स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे तथा कालीगण्डकी गाउँपालिका–१ सिरकोटका कुलानन्द पाण्डे रहेका छन् ।

दुर्घटनामा घाइते हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१, सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी रहेका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।