जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा हायसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-१५ ढुंगेसाँघुस्थित सडकमा ग १ ज ८२५० नम्बरको हायसले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा-१५, टुटुङ्गाका १९ वर्षीय सौगात भन्ने लोकबहादुर गुरूङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा थप उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।