जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)

जन्मभुमि खबर ,

पोखरा ।

निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।

seti-river (2)

पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ल प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो ।
seti-river (1)

पहिरोले थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन । पहिरोले थुनिएभन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

seti-river (3)seti-river (4)seti-river (5)seti-river (6)seti-river (7)seti-river (8)seti-river (9)seti-river (10)seti-river (11)seti-river (12)