जन्मभुमि खबर ,
पोखरा ।
सार्वजनिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार कास्कीको रुपा गाउँपालिका ५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार महिलाको ब्याग (लेडिज पर्स) चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका १५ बस्ने गुरुप्रसाद बजगाईं, सोही नगरपालिका ८ घर भई पोखरा महानगरपालिका ६ बस्ने रविन खड्का, झापाको कन्काई नगरपालिका ८ घर भई पोखरा बस्ने टेकबहादुर भुजेल रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।