जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ ।

महोत्सवमा पोखरा महानगरपालिका मेयर धनराज आचार्यलगायत स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सहभागीहरूले परम्परागत नेपाली शैलीमा धान रोप्दै हिलो खेल्ने, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिने अवसर पाएका थिए ।

पर्यटन प्रवर्द्धनसँगै नेपाली कृषि संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुँदै आएको रोपाइँ महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको आयोजकले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

pokhara-ropai-mahotsab (1)pokhara-ropai-mahotsab (2)pokhara-ropai-mahotsab (3)pokhara-ropai-mahotsab (4)pokhara-ropai-mahotsab (5)pokhara-ropai-mahotsab (6)pokhara-ropai-mahotsab (7)pokhara-ropai-mahotsab (8)pokhara-ropai-mahotsab (9)pokhara-ropai-mahotsab (10)pokhara-ropai-mahotsab (11)pokhara-ropai-mahotsab (12)