जन्मभुमि खबर ,
पोखरा ।
सम्पत्ति शुद्धीकरणको कसुरमा पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई पक्राउ गरेको हो। उनलाई सुर्खेतबाट पक्राउ गरिएको विभागका एक अधिकारीले बताए।
बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गरिएको हो । भट्टको नाममा पौडेलले करिब ३० करोड रुपैयाँको सेयर लिएको स्रोतको दावी छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन् । भट्टको कारोबारमाथि थप अनुसन्धान चलिरहँदा सम्बन्ध देखिएका व्यक्तिसमेतको पहिचान गरिएका छन् । त्यसक्रममा पौडेलसमेत देखिएपछि उनलाई पक्राउ गरिएको हो ।