जन्मभुमि खबर ,
पोखरा ।
म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको हो ।
उनीसँगै सोही स्थानका २७ वर्षीय हरि प्रसाद रोक्का र २८ वर्षीय लक्ष्मण रोक्का पनि रहेका थिए। घटनास्थलबाट एउटा गुलेली र ढुंगाको गोटी फेला परेको प्रहरीले जनाएको छ।