जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटना हुँदा स्कुटरमा सवार पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने अन्नपुर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भएका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।