जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा सबै मन्त्री फेरिए , मन्त्री नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ गराएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा दुवै दलका तर्फबाट ४–४ जना मन्त्री थपिएका छन् ।

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । एमालेकै यशोदा रिमालले उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डेले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्कीले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले उनीहरुलाई मन्त्री नियुक्त गरेपछि सपथ गराएका हुन् ।

सरकारमा सहभागी भएको अर्को प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थ मन्त्री बनेका छन् । त्यसैगरी नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र रेखा गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

यसैगरी ,

मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका हुन्।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा  माघ २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।

उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।

कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्। आजै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसमा उनी आकांक्षी भएपनि नाम समेटिएको थिएन ।

dorna