जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पक्राउ परेका ओली अस्पतालमा भर्ना , लेखक २ नं गण महाराजगन्जमा

जन्मभुमि खबर ,

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ। आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेर ओलीलाई प्रहरी परिसर काठमाडौंमा लगिएको थियो। लगत्तै नियमित स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिवि अस्पताल पुर्‍याएको हो।

अस्पतालबाट ल्याएर हिरासतमा राख्ने तयारी भएपनि स्वास्थ्य परीक्षणका क्रममा भर्ना गर्नुपर्ने देखिएको प्रहरी अधिकारीको भनाई छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन्। अस्पताल स्रोतका अनुसार उनको रगत, पिसाब, मुटु, भिडियो एक्सरे लगायतका परीक्षण गरिएको थियो। डाक्टरको सल्लाह र सिफारिस बमोजिम ओलीलाई अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ।

प्रहरीका अनुसार आज सार्वजनिक बिदा भएकाले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थप सम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि आइतबार लगिने छ।

यसैगरी ,

आजै बिहान कटुन्जेबाट पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जमा राखेको छ । उनलाई महाराजगन्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवासबाट पक्राउ गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्दै आएका छन् ।

प्रहरीले बिहानै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको छ ।

आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।