जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दिपक मनाङे कारागारबाट रिहा

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ रिहा भएका छन् ।

डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेको जेलर बाबुराम अर्यालले जानकारी दिए ।

२०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो ।

२० वर्षपछि २०८१ कात्तिक २० सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो ।

यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय थियो। मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए ।

उनी दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो। त्यसमा जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत छुटको आदेश दिएको थियो ।

‘उनले पाउनुपर्ने सजाय भुक्तान गरी आज छुट्नुभएको छ,’ जेलर अर्यालले भने ।