ओली र लेखकलाई ५ दिन थुनामा राख्न अनुमति
जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।
शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।
भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुबै जनामाथि मुलुकी अपराध संहिता २०७४को दफा १८१ र १८२ अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।
त्यस सिफारिसलाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषदको बैठकले शुक्रबार कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय भएसँगै शनिबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको हो। आइतबार म्याद थपका लागि प्रहरीले ओलीलाई त्रिवि शिक्षण अस्पतालबाटै भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो। लेखक भने अदालतमै उपस्थित भएका थिए।
प्रहरीले दुबै जनालाई पक्राउ गरेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर भएको छ।