जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले पुरेको डेढ वर्षपछि भेटियो ‘गणपति डिलक्स’ बसको अवशेष

जन्मभुमि खबर ,

पोखरा ।

सिमलताल दुर्घटनामा बेपत्तामध्ये एक गाडी तनहुँ प्रहरीले फेला पारेको छ ।

 

वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको गणपति डिलक्सको भग्नावशेष त्रिशुली नदीको तनहुँ तर्फ भेटिएको हो ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति बसको भग्नावशेष फेला परेको तनहुँका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।

२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए ।