जन्मभुमि खबर ,
पोखरा ।
नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज (असोज १६) मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । त्यसअघि बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।
दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ ।