जन्मभुमि खबर ,
पोखरा ।
इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ ।
समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना नै कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन् ।
हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जिवितै रहेका छन् ।
सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad” राखिएको छ ।
सन् १९६८ देखि लेबनानमा हराइरहेका इजरायली वायु सेनाका क्याप्टेनको नाममा उक्त क्याप्सन राखिएको हो ।
हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ– ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर ।’