जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि पुनः सञ्चालन

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा–जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । बर्खायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमका कारण दुई महिनादेखि सेवा बन्द रहेको थियो ।

निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ देखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।
आइतबार पहिलो दिन समिट एयरलाइन्सको जहाजले पोखरा–जोमसोम दुईवटा उडान भरेको कार्यालय प्रमुख पोखरेलले बताए । सुरुवाती उडानको पहिलो दिन ३६ जना यात्रु लिएर जहाज जोमसोम विमानस्थलमा अवतरण गरेको उनले बताए । कार्यालय प्रमुख पोखरेलले आइतबार मात्रै मुस्ताङमा तीनवटा हेली कम्पनीले आठवटा उडान भरेको जानकारी दिए ।
तारा एयरलाइन्सको जहाजले पनि एक हप्तापछि यहाँ उडान भर्ने जनाएको छ । तारा एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले सेप्टेम्बर ७ तारिखमा आफ्नो एयरलाइन्सले उडान सञ्चालन गर्ने बताए ।