जन्मभुमि खबर ,
पोखरा ।
काठमाडौँको बागबजारस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौँ महानगरपालिका–२८ स्थित न्यु मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा शनिबार बिहान २२ वर्षीया युवती सनिसरा राना मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
पोखरा घर भएकी राना गेस्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
घटनास्थलमा प्रहरीको टोली पुगेर मुचुल्का उठाइसकेको छ भने मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।