जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की कारागारबाट कैदीबन्दी भागे

जेनजी आन्दोलन चर्किँदै जाँदा कास्की कारागार तोडफोड गरी कैदीबन्दीहरू भागेका छन्।

आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा आगजनी गर्दै कारागारतर्फ आक्रमण गरेपछि बेलुकी कैदीबन्दीहरूले आन्दोलनकारीको सहयोगमा आफैं ब्लक तोडेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार, आन्दोलनकारीहरूले कारागार सुरक्षामा खटिएका केही प्रहरीलाई कुटपिट गरेका थिए। त्यसपछि भित्र छिरेर तोडफोड गर्दा कैदीबन्दीहरू समेत बाहिर निस्केर भाग्न सफल भएका हुन्।