जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको निवेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्चमा दिएको निवेदनमा बुधबार न्यायाधीश सागर विष्टको इजलासले यस्तो आदेश दिएको हो ।
यस अघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहितको मुद्दा अस्वीकार गरेको थियो । उच्च अदालतकै आदेशपछि गत चैत २५ गतेदेखि लामिछाने पुर्पक्षका लाथि हाल नख्खु कारागारमा रहेका छन् ।