जन्मभुमि खबर ,
पोखरा ।
रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि बहस जारी छ ।
रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा जारी बहसमा रवि लामिछानेका वकिलले अहिले बहस गरिरहेका छन्। लामिछानेलाई भने इजलासमा उपस्थित गराइएको छैन ।
बहस ससकिएपछि नै पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका उनलाई बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने, नदिनेबारे फैसला हुनेछ ।
सुप्रिम सहकारी ठगीसँगै उनलाई संगठित अपराध सम्बन्धी कसुर पनि छ। लामिछानेले सहकारी हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका छन् ।
उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका छन् ।