जन्मभुमि खबर,
पोखरा ।
मनाङ प्रतिनिधि सभा १ को प्रदेशसभा २ मा कात्तिक १७ मै उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले उपचुनावको मिति निर्धारण प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव पनि यही मितिमा हुँदैछ ।
यहाँ ७९ मा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चको आदेशसँगै उनी उम्मेदवार बन्न अयोग्य ठहरिएका छन् ।
संवैधानिक इजलासले उनको पद २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको ठहर गरेको थियो ।
साथै, आयोगले यस उपनिर्वाचनका लागि भदौ २५ मा अद्यावधिक भई प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग गर्ने निर्णय समेत गरेको छ । यसमा मतदाता बन्नको लागि २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पुग्नुपर्नेछ ।