जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा नालीले बगाएर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-१९ अकला बस्ने बागलुङ घर भएकी कल्पना पुनको छोरा ३ वर्षीय युनिक पुनको नालीले बगाएर शुक्रबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित बाटोमा खेल्ने क्रममा अचानक नालीमा खसेर पानीले बगाई गम्भीर घाइते भएका उनको मातृशिशु अस्पताल बाटुलेचौरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।